• TOKHA LIVE

    • २८ चैत्र २०८२, शनिबार २०:५३

    बागमती प्रदेशमा स्काउट तालिम सम्पन्न: ६७औँ उडब्याज तथा ५५औँ गर्ल्स एडभान्स तालिम सफल नविना श्रेष्ठ

    नविना श्रेष्ठ
    काठमाडौँ  चैत २८, २०८२

     बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ६७औँ उडब्याज तथा ५५औँ गर्ल्स स्काउट एडभान्स तालिम भक्तपुरको सूर्यविनायकस्थित स्काउट तालिम केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ। चैत २० गतेदेखि सुरु भएको सातदिने तालिम चैत २६ गते एक औपचारिक समारोहबीच समापन गरिएको हो।

    समापन समारोहमा बागमती प्रदेशका प्रमुख आयुक्त शिवकुमार त्वायना सभाध्यक्षका रूपमा उपस्थित रहनुभएको थियो भने प्रदेश सचिव गीता कुमारी हुमेगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका निर्देशक तथा कार्यालय प्रमुख अर्पण कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    तालिमको नेतृत्व पूर्व राष्ट्रिय सचिव तथा राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्यले कोर्ष लिडरका रूपमा गर्नुभएको थियो भने गर्ल्सतर्फको कोर्ष लिडरको जिम्मेवारी राष्ट्रिय प्रशिक्षक चन्द्रकान्ता प्रजापतिले सम्हाल्नुभएको थियो। सहायक कोर्ष लिडरका रूपमा मिना देवी श्रेष्ठ (गर्ल्स) र धर्मभक्त मल्ल (बोइज) ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

    कार्यक्रममा शैक्षिक पद्धति महिला आयुक्त बिजेश्वरी अमात्य, शैक्षिक पद्धति पुरुष आयुक्त पपिन्द्रमान सिंह, सुशासन आयुक्त डा. प्रणव कर्माचार्य, सदस्यता वृद्धि आयुक्त श्यामबहादुर पुडासैनी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै काउन्सिलर तथा सल्लाहकारहरू योगेश हाडा, रमिता खुसु, दिव्यश्वरी श्रेष्ठ, अनु खोटेजा, सौरभ अधिकारी, दिपेश थापा, राजकुमार मैनाली, सिद्धिनारायण शाही र सुमित्रा लामालगायतको सक्रिय सहभागिता रहेको थियो।

    तालिमको समन्वय बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका अधिकृत सातौँ देव राज कपाडीले गर्नुभएको थियो। समापन समारोहमा सहभागी स्काउट मास्टरहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    नेतृत्व विकास, अनुशासन, आत्मनिर्भरता र सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक रूपमा दक्ष बनाएको विश्वास गरिएको छ। सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै