• TOKHA LIVE

    • २६ चैत्र २०८२, बिहीबार २१:४०

    ठोस प्रमाण नभेटिएपछि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक आज रिहा

     

    काठमाडौं, २६ चैत्र । प्रहरी हिरासतमा रहनुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज (सोमबार) भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार उहाँहरूलाई हिरासतमुक्त गर्न लागिएको उच्च स्रोतले जनाएको छ । ‘जेन्जी आन्दोलन’का क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा उहाँहरूलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो । तर, अदालतमा मुद्दा दायर गर्नका लागि पर्याप्त आधार र ठोस प्रमाण नभेटिएपछि उहाँहरूलाई छाड्न लागिएको महान्यायाधिवक्ता कार्यालय स्रोतले बताएको छ । यसअघि सर्वोच्च अदालतले उहाँहरूविरुद्ध कि त मुद्दा दायर गर्न कि चैत २६ गतेभित्र रिहा गर्न आदेश दिएको थियो । सोही म्यादको अन्तिम दिन आज प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीच प्रमाणको अभावमा मुद्दा अघि नबढाउने सहमति जुटेसँगै उहाँहरू हिरासतमुक्त हुने निश्चित भएको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै