• TOKHA LIVE

    • २६ चैत्र २०८२, बिहीबार २१:३४

    दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

    काठमाडौं, २६ चैतः नेसनल प्याब्सन ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ।

    संस्थाका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापा ले विज्ञप्तिमार्फत थप बिदाका कारण निर्धारित पाठ्यक्रम समयमै पूरा गर्न चुनौती हुने बताएका छन्।

    नेपाल सरकार, मन्त्रिपरिषद्को चैत २२ को निर्णयअनुसार पेट्रोलियम खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने व्यवस्था गरिएको छ।

    संस्थाले दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापन कठिन हुने र यसले सामाजिक तथा आर्थिक असर पार्ने जनाएको छ।

    यद्यपि, उक्त निर्णय कार्यान्वयन गर्दै नेसनल प्याब्सनले विद्यालयहरूलाई नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ। शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै