• TOKHA LIVE

      TOKHA LIVE

    • २६ चैत्र २०८२, बिहीबार २१:२८

    एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक

    काठमाडौँ, २६ चैतः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीको तीन देशविरुद्ध हुने एक दिवसीय क्रिकेट शृङ्खलाको खेलतालिका सार्वजनिक गरेको छ।

    तालिकाअनुसार नेपाल ‘ए’ ले ओमान, स्कटल्यान्ड र अमेरिका सँग समान दुई–दुई खेल खेल्नेछ। प्रतियोगिता अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदान मा सञ्चालन हुनेछ।

    नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग अप्रिल २२ मा खेल्नेछ भने दोस्रो खेल अप्रिल २४ मा हुनेछ। त्यसपछि स्कटल्यान्डसँग मे ६ र ९ मा तथा अमेरिकासँग मे ७ र ११ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको क्यानले जनाएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै