• TOKHA LIVE

    • २६ चैत्र २०८२, बिहीबार २१:२०

    सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

    काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्याल ले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

    नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास र सुशासनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

    सभामुख अर्यालले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर त्रुटिरहित सेवा दिनुपर्ने उल्लेख गर्दै जनताको सन्तुष्टि नै मुख्य लक्ष्य हुनुपर्ने धारणा राख्नुभयो।

    उहाँले जनताको मुहारमा खुसी ल्याउने र सरकारप्रति विश्वास बढाउने काममा स्थानीय तह सक्रिय हुनुपर्ने बताउँदै बजेटलगायत विषयमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै