• TOKHA LIVE

    • २३ चैत्र २०८२, सोमबार २१:४३

    नेपालभाषासेवी तथा शिक्षाविद विष्णु चित्रकारको मुस्ताङमा निधन

     

    नविना श्रेष्ठ

    चैत २२,२०८२ नेपालभाषा मातृभाषाको निम्ति निकै सङ्घर्ष गर्दै आएका शिक्षाविद विष्णु चित्रकारको मुस्ताङमा हृदयघाटका कारण निधन भएको छ। नेपाल भाषा क्षेत्रका सम्मानित व्यक्तित्व चित्रकार आफ्ना साथीहरूसँग मुस्ताङ भ्रमणमा रहेको बेला सोमबार बिहान सुतिरहेकै अवस्थामा अचानक हृदयघात भएको थियो। ७६ वर्षको उमेरमा निधन भएको जनाएको छ। हृदयघात भए लगत्तै उहाँलाई स्थानीय अस्पताल पुर्याएको थियो भने चित्रकारसँगै उहाँकी श्रीमती विद्या चित्रकार पनि साथमा मुस्ताङ पुगेका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उहाँलाई मृतकोषित गरेको जानकारी विद्यार्थी चित्रकारले दिनुभएको हो। श्रीमती विद्याचित्रकारका अनुसार विष्णु चित्रकारको पार्थिव शरीरलाई एम्बुलेन्स मार्फत काठमाडौँ ल्याउँदै सोमबार मध्यरातसम्ममा उहाँको सब काठमाडौँ आइपुग्ने बताएको छ। उहाँकी श्रीमती र एक छोरी हुनुहुन्छ। नेवा आन्दोलनमा अपूर्णीय क्षति विष्णु चित्रकार जीवनभर नेपाल भाषा शिक्षा र समाजसेवामा समर्पित हुनुहुन्थ्यो उहाँ विभिन्न सामाजिक तथा भाषिक संस्थाहरुमा सक्रिय रहँदै मातृभाषालाई जोगाउनको निम्ति थुप्रै अभियानहरुमा सक्रिय रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै