TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सामग्री सङ्कलन गरिँदै

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ चैत्र २०, शुक्रवार
रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सामग्री सङ्कलन गरिँदै
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

ललितपुर, २० चैतः ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मच्छिन्द्रनाथ सङ्ग्रहालयका लागि ऐतिहासिक सामग्री सङ्कलन कार्य सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दै आएको रातो मच्छिन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख सङ्ग्रहालयमा राख्ने तयारी छ । ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार सङ्ग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको छ । “केही तस्बिर सङ्कलन भइसकेका छन् भने अन्य सामग्री सङ्कलनको प्रक्रियामा छन्”, उहाँले भन्नुभयो । यस अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र यसको ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न सङ्ग्रहालय निर्माण गरिएको हो । महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न सङ्घसंस्थालाई रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा सांस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । महानगरका अनुसार अबको दुई महिनाभित्र सङ्ग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा सङ्ग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत सङ्ग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol