• TOKHA LIVE

    • १६ चैत्र २०८२, सोमबार २२:३८

    अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

    काठमाडौँ, १६ चैत / हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा उजुरी दिनुभएको छ।

    श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका साम्पाङले ‘सुनिता खड्का’ नामको टिकटक आइडीबाट आफूसहित परिवारलाई लक्षित गरी धम्की दिइएको दाबी गर्नुभएको छ।

    उहाँले सार्वजनिक गरेको उजुरीमा भनिएको छ, “मलगायत मेरो घर परिवारलाई ज्यान मार्ने तथा घर जलाउने धम्की दिइएको छ। टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएको र समाजमा भ्रम फैलाइएको हुँदा प्रचलित कानून बमोजिम कडा कारवाही गरियोस्।”

    साम्पाङ हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको हो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै