नविना श्रेष्ठ
काठमाडौँ, चैत १३ : सम्माननीय राष्ट्रपतिबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा युवा तथा खेलकुद मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छ। मन्त्री सस्मित पोखरेलले शपथ ग्रहणपश्चात् सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै आफूलाई प्राप्त जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताएका छन्।
उनले एकैसाथ दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु तथा नेपाल सरकारको प्रवक्ताजस्तो भूमिका निर्वाह गर्नु आफ्नो लागि ठूलो अवसर भएको उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्री, आफ्नो दल, दलको नेतृत्व तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
मन्त्री पोखरेलले शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण तथा युवाशक्तिको सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले गुणस्तरीय, समावेशी तथा नवप्रवर्तनमुखी शिक्षा र युवामैत्री नीति प्रवर्द्धनमा केन्द्रित रहने बताएका छन्।
त्यसैगरी, वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पुर्याउने लक्ष्य लिएको उल्लेख गरेका छन्। युवाहरूको ऊर्जा र सिर्जनशीलतालाई उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासतर्फ परिचालन गर्ने योजनासमेत उनले प्रस्तुत गरेका छन्।
खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्ने प्रतिबद्धता पनि मन्त्री पोखरेलले व्यक्त गरेका छन्।
उनले पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै संवाद, सहकार्य र समन्वयमार्फत समग्र क्षेत्रको रूपान्तरणमा समर्पित रहने बताएका

