काठमाडौँ, ३० फागुन: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण सुधारिएको भन्दै जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ।
कार्यक्रममा वक्ताहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र बने प्रवासी नेपालीको लगानी बढ्ने बताएका छन्। लगानी बोर्ड नेपाल का प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली ले सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, नेपाल राष्ट्र बैंक का कार्यकारी निर्देशक रामशरण खरेल ले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्नुपर्नेमा जोड दिनुभयो।
सत्रमा दोस्रो पुस्ताका प्रवासी युवालाई भाषा, संस्कृति र पर्यटनमार्फत नेपालसँग जोड्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए।

