TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार
  • टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता २०८३ कार्तिक १८, बुधवार
  • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम २०८३ कार्तिक १८, बुधवार

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ फाल्गुन ३०, शनिवार
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, ३० फागुनः नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमले आज विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भए पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्रीवितरणको व्यवस्था मिलाइरहेको जनाएको छ । निगमले भनेको छ, “निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आ-आफ्नो उद्योगबाट बिक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १०ः०० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पुनःअनुरोध गर्दछ । साथै सम्बन्धित उद्योगका बिक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नं र परिमाणसहितको विवरण राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन हुन अनुरोध छ ।” निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणका लागि मिति शुक्रबारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बजारीकरण गर्ने/गराउने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

२०८३ कार्तिक १९, बिहीवार
डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

२०८३ कार्तिक १८, बुधवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

२०८३ कार्तिक १७, मंगलवार
  • छुटाउनुभयो कि? सबै
    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol