• TOKHA LIVE

      TOKHA LIVE

    • २९ फाल्गुन २०८२, शुक्रबार २०:४९

    टोखाको मौलिक संस्कृति जोगाउने विभिन्न बाजा तथा भजन खलःलाई केबले सम्मान गरिने

    टाेखा काठमाडौँ २९ फागुन:  टोखाको मौलिक परम्परा, जात्रा तथा पर्वसंस्कृतिलाई जोगाउन र निरन्तरता दिन योगदान पुर्‍याएका विभिन्न सांस्कृतिक खलःपुचलाई सम्मान गरिने भएको छ।
    टोखामा सञ्चालन हुँदै आएको सांस्कृतिक गतिविधिलाई थप सक्रिय र जीवित राख्ने उद्देश्यले संचालित टोखा केव ट्रेड एण्ड इन्भेस्टमेन्ट प्रा.लि. ले स्थानीय बाजा तथा भजन खलःलाई विशेष सम्मान गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो।
    यस सम्मान कार्यक्रममा टोखाको मौलिक बाजा परम्परालाई जोगाइरहेका इन्द्रायणी दाफा भजन खलः,पिगंद्य दापाखल:सहलुबी , सपनतिर्थ दापा खल: , जोरभिमसेन दाफा भजन खलः,चण्डेश्वरी दापा खल:,चण्डेश्वरी भजन खल:,धां खल, धिमे खलः, नायखी बाजा खलः, प्व: खल लगायत विभिन्न सांस्कृतिक समूहलाई सम्मान गरिने आयोजकले जनाएको छ।

    आयोजक टोखा केव ट्रेड एण्ड इन्भेस्टमेन्ट प्रा.लिका अध्यक्ष सुशान्त डंगोलका अनुसार टोखाको पहिचान बनेका यी सांस्कृतिक समूहले वर्षौँदेखि निरन्तर रूपमा बाजा, भजन र परम्परागत सांस्कृतिक कार्यक्रममार्फत समाजमा मौलिक संस्कृतिको ज्योति बालिरहेकाले उनीहरूको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिएको हो।कार्यक्रम नेपाली संवत् ११४६ चिल्लागा एकादशी (२०८२ चैत १ गते) आइतबार बिहान ११ः३० बजे टोखा–३ स्थित टोखा केवको भवन परिसरमा आयोजना गरिनेछ।
    टोखाको सांस्कृतिक जीवन्तता जोगाउन विभिन्न बाजा र भजन खलःले खेलेको भूमिकालाई स्मरण गर्दै आयोजना गरिएको यो कार्यक्रमले स्थानीय संस्कृतिप्रति थप सम्मान र प्रेरणा जगाउने विश्वास गरिएको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै