• TOKHA LIVE

    • २५ फाल्गुन २०८२, सोमबार २१:२८

    स्वास्थ्य मन्त्रालयको चेतावनी: वायु प्रदूषणबाट बच्न सबैलाई अनुरोध

    काठमाडौँ, २५ फागुन / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको भन्दै सबै नागरिकलाई सचेत रहन अनुरोध गरेको छ।
    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, वायु प्रदूषणले मुटु, फोक्सो, रक्तनली, दम, क्यान्सर, आँखा र मिर्गौलामा समस्या ल्याउन सक्छ। दीर्घरोगी र गर्भवती महिलाले विशेष जोखिम भोग्ने भएकाले उनीहरूलाई सकेसम्म बाहिर ननिस्कन सुझाव दिइएको छ।
    बालबालिका, ज्येष्ठ नागरिक र दम/खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिहरूले पनि बढी असर भोग्ने भएकाले विशेष सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।
    बाहिर निस्कनु परे मास्क लगाउन, बिहान र बेलुका सक्दो बाहिर ननिस्कन, र प्रदूषण बढाउने पुराना गाडी, डढेलो, उद्योगधन्दा र निर्माण गतिविधिबाट टाढा रहन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।
    वातावरण विभागका अनुसार काठमाडौँ र पोखरासहितका ठूला शहरमा यस हप्ता पनि प्रदूषण उच्च रहिरहने देखिएको छ। आकाश धुम्म भएपछि घाम पनि पूर्ण रूपमा लाग्न सकेको छैन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै