• TOKHA LIVE

    • २५ फाल्गुन २०८२, सोमबार २०:४५

    वर्षे तरकारीका बीउ वितरण गर्दै टोखा नगरपालिका

    काठमाडौं, २५ फागुन /कृषिप्रति स्थानीयको आकर्षण बढाउने उद्देश्यले टोखा नगरपालिकाले वर्षे तरकारीका बीउ वितरण गर्ने भएको छ।
    नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई लक्षित गर्दै बीउ वितरणको व्यवस्था गरेको जनाएको छ। यस कार्यक्रममार्फत नगरवासीलाई खेतीतर्फ प्रेरित गर्दै घरआँगनमै ताजा तरकारी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
    सूचनाअनुसार वर्षे तरकारीका बीउ यही २०८२ चैत २५ र २६ गते कार्यालय समयमा वितरण गरिनेछ। इच्छुक नगरवासीले सम्पत्ति कर तिरेको प्रमाणपत्रको प्रतिलिपि साथमा लिएर नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सक्नेछन्।
    नगरपालिकाले यस्तो कार्यक्रमले स्थानीय स्तरमै तरकारी उत्पादन बढ्ने, आत्मनिर्भरता बलियो बन्ने र किसानको उत्साह पनि थप बढ्ने विश्वास व्यक्त गरेको छ।
    कृषि प्रसार अधिकृत सुमित्रा पाठकले नगरवासीलाई अवसरको सदुपयोग गर्दै समयमै आएर बीउ लिन आग्रह गर्नुभएको छ।

     

    सूचना :-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै