• TOKHA LIVE

      TOKHA LIVE

    • २३ फाल्गुन २०८२, शनिबार १९:४३

    इरान आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो

    गोरखा, २३ फागुन – संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव आज नेपाल ल्याएर पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ।
    नेपालस्थित दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो। भीमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो कि मृतकको अन्त्येष्टी आजै गरिएको हो।
    उनन्तिस वर्षीय दिवस श्रेष्ठको निधन अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय गर्ने क्रममा भएको घटना आइतबार भएको थियो।
    अबुधाबीको मिडिल ईष्ट कम्पनीमा सुरक्षागार्डको रूपमा कार्यरत श्रेष्ठ तीन वर्षअघि वैदेशिक रोजगारीको लागि त्यहाँ गएका थिए। गत असोजमा नेपाल आएर फेरि दुबई फर्किएका उहाँका परिवारमा बुवा, आमा र एक बहिनी रहेका छन्।रासस

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै