• TOKHA LIVE

      TOKHA LIVE

    • २३ फाल्गुन २०८२, शनिबार १५:४५

    जनभावनाअनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता

    चितवन, २३ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।चितवन  क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो।
    जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको उल्लेख गर्दै उहाँले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
    उहाँले भन्नुभयो,
    “हामी मात्तिएर होइन, संयमित भएर काम गर्नुपर्छ। प्रतिपक्षलाई होच्च्याउनु हुँदैन। लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ।”

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै