• TOKHA LIVE

    • २३ फाल्गुन २०८२, शनिबार १५:४१

    चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने विजयी

    चितवन, २३ फागुनः चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विजयी हुनुभएको छ। उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ।
    उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस की उम्मेदवार मीनाकुमारी खरेल ले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ।
    त्यस्तै नेकपा (एमाले) का अस्मिन घिमिरे ले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टी का प्रताप गुरुङ ले ४ हजार ४६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेल ले जानकारी दिनुभयो।
    लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो। सो समयमा नेपाली कांग्रेस का उम्मेदवारले ११ हजार २१४ मत र नेकपा (एमाले) का उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए।
    यस निर्वाचन क्षेत्रमा कूल १ लाख ३७ हजार १५२ मतदाता रहेकामा ८७ हजार २२१ मत खसेको थियो। यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी जम्मा २३ जना प्रत्यासी चुनावी मैदानमा रहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै