म्याग्दी, २३ फागुनः म्याग्दीबाट स्वतन्त्र उम्मेदवार तथा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा ले जानकारी दिनुभयो।
त्यस्तै, नेपाली कांग्रेस का उम्मेदवार कर्णबहादुर भण्डारी ले ६ हजार ८८४ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी का अर्जुन थापा ले ३ हजार ५२९ मत प्राप्त गर्नुभएको छ।
बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा रहेका ८६ हजार ३९७ मतदातामध्ये ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

