• TOKHA LIVE

      TOKHA LIVE

    • २३ फाल्गुन २०८२, शनिबार ०४:३९

    एमालेले पहिलो जितको खाता खोल्यो, बाँके–२ मा इस्तियाक राई विजयी

     

    बाँके, २३ फागुन / प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले पहिलो जित निकाल्दै बाँके निर्वाचन क्षेत्र नम्बर २ मा मोहम्मद इस्तियाक राई विजयी भएका छन्।उनले आफ्ना निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले पराजित गरेका छन्। निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राईले २४ हजार ६२८ मत प्राप्त गरेका छन् भने रास्वपाका श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरेका छन्।इस्तियाक राई यसै निर्वाचन क्षेत्रमा पहिला पनि २०६४ र २०७४ मा प्रतिनिधि सभा सदस्यका रूपमा विजयी भएका थिए। यद्यपि, २०७० को दोस्रो संविधानसभाको निर्वाचन र २०७९ को प्रतिनिधिसभामा उनी पराजित भएका थिए। उनी तीन पटक मन्त्री समेत रहिसकेका छन्।राई मूलत: जनता समाजवादी पार्टी नेपालका नेता हुन्। तर निर्वाचनअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्दै सूर्य चुनाव चिह्न लिएर चुनावमा उम्मेदवारी दिएका थिए। शिर्षक परिवर्तन गर्नुस।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै