• TOKHA LIVE

    • २२ फाल्गुन २०८२, शुक्रबार २०:२८

    काठमाडौँ – ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ।
    अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका सुमन सायमी ले ३ हजार २१७ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका सपना राजभण्डारी ले २ हजार ८३५ मत पाउनुभएको छ।
    श्रेष्ठ रास्वपाका केन्द्रीय सचिवालय सदस्य हुनुका साथै पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत हुनुहुन्छ। उहाँले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो।
    वाणिज्य प्रशासनमा स्नातक श्रेष्ठलाई संस्कृति, सम्पदा, भाषा र गुठी संरक्षणका अभियन्ताका रूपमा पनि चिनिन्छ। साथै जलवायु परिवर्तन, कार्बन ट्रेडिङ तथा ‘एक वृक्ष मेरो जिम्मेवारी’ जस्ता दिगो विकासका एजेन्डालाई नीतिगत तहसम्म पुर्‍याउने वातावरण संरक्षणका सक्रिय अभियन्ताका रूपमा उहाँ परिचित हुनुहुन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै