• TOKHA LIVE

    • २२ फाल्गुन २०८२, शुक्रबार १०:००

    काठमाडौँ–५, ६ र ८ मा पनि रास्वपाको अग्रता

    काठमाडौँ, २२ फागुनः काठमाडौँ क्षेत्र–५, ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।

    काठमाडौं क्षेत्र ५ का उम्मेदवार सस्मित पोखरेल पाँच हजार ९८४ र क्षेत्र ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो ।

    यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा (एमाले)का अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिनुभएको छ । उहाँले सात हजार ६१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।

    यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गर्नुभएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै