• TOKHA LIVE

      TOKHA LIVE

    • २२ फाल्गुन २०८२, शुक्रबार ०९:४८

    नेपाली काङ्ग्रेस टाेखाका संस्थापक अग्रज नेता नवराज श्रेष्ठको निधन

     

    नविना श्रेष्ठ
    टोखा, फागुन २२, २०८२
    नेपाली काङ्ग्रेसको साविक टोखा चण्डेश्वरी इकाइका संस्थापक सदस्य नवराज श्रेष्ठको निधन भएको छ। उहाँको निधनसँगै टोखा क्षेत्रमा नेपाली काङ्ग्रेससँग आबद्ध नेता–कार्यकर्ता तथा स्थानीयवासी शोकाकुल बनेका छन्।
    नवराज श्रेष्ठले टोखा क्षेत्रमा नेपाली काङ्ग्रेसको संगठन स्थापना र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका अग्रज व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। त्यस समय कठिन परिस्थितिमा पनि उहाँले पार्टीलाई सशक्त बनाउन र लोकतान्त्रिक चेतना फैलाउन निरन्तर मेहनत गर्नुभएको स्थानीय नेताहरू बताउँछन्।
    श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दा टोखा–२ स्थित भूतखेल आर्यघाट पुगेका थिए। नेपाली काङ्ग्रेसका तर्फबाट पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
    श्रद्धाञ्जली कार्यक्रममा टोखा–२ का वडा सभापति हेराकाजी महर्जन डंगोल, काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल, निवर्तमान वडा अध्यक्ष दीपकराज जोशी, प्रत्याशी वडा अध्यक्ष तथा किसान सङ्घका केन्द्रीय सदस्य माइला डंगोल, निवर्तमान वडा सदस्य तथा क्षेत्रीय सचिव पञ्चकुमारी श्रेष्ठ लगायत क्षेत्रीय प्रतिनिधि, नेता–कार्यकर्ता र स्थानीयवासीको उपस्थिति रहेको थियो।
    श्रेष्ठको अन्त्येष्टि टोखास्थित भूतखेल आर्यघाटमा गरिएको छ। उहाँको निधनले टोखा क्षेत्रको राजनीतिक तथा सामाजिक जीवनमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै