टोखा फागुन २ / दैनिक आवतजावतको प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएको टोखा वडा २ अन्तर्गत बाइपास सडक केही समयका लागि पूर्णरूपमा बन्द हुने भएको छ।टोखा नगरपालिका वडा नं. २ का अनुसार बाइपास सडकमा निर्माण तथा मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेका कारण २०८२ साल फागुन ०२ गतेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सवारी आवागमन रोक लगाइनेछ।
निर्माण कार्यलाई सुरक्षित, दिगो र व्यवस्थित बनाउन सडक पूर्णरूपमा बन्द गर्नु आवश्यक परेको जनाइएको छ।सडक बन्द हुँदा विशेषगरी कार्यालय जाने कर्मचारी, विद्यार्थी, व्यवसायी तथा स्थानीय बासिन्दालाई केही समय असुविधा हुन सक्नेछ। यसलाई ध्यानमा राख्दै नगरपालिकाले सबै सवारी चालक र सेवाग्राहीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
वडाका कार्यवाहक अध्यक्ष अमर डंगोलका अनुसार विकास निर्माणको काम जनहितकै लागि गरिएको उल्लेख गर्दै अस्थायी असुविधाप्रति क्षमायाचना गरेको छ। “सडक स्तरोन्नति सम्पन्न भएपछि यहाँको आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुनेछ,” वडा २ कार्यालयले जनाएको छ।
स्थानीयवासीले धैर्यका साथ सहयोग गरिदिन आग्रह गर्दै टाेखा नगरपालिका वडा २ ले निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सूचना :-


