• TOKHA LIVE

    • १ फाल्गुन २०८२, शुक्रबार ०६:१३

    निर्वाचन आचारसंहिता पालना गर्न टोखा नगरपालिकाको अनुरोध

    टोखा, काठमाडौं फागुन १ ।
    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै टोखा नगरपालिकाले आफ्नो मातहतमा कार्यरत कर्मचारी तथा शिक्षकहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
    नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबै कर्मचारीले अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ। साथै संघीय निजामती सेवा ऐन र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाअनुसार कर्मचारीको आचरण सम्बन्धी प्रावधानलाई समेत ध्यान दिन भनिएको छ।
    सूचनामा केही कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा लेख, विचार, धारणा तथा तस्बिरहरू सार्वजनिक गरेको पाइएको उल्लेख गर्दै यस्तो गतिविधि आचारसंहिताविपरीत हुने स्पष्ट पारिएको छ।
    नगरपालिकाले वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा कार्यरत सबै कर्मचारी तथा शिक्षकलाई राजनीतिक गतिविधिबाट टाढा रहँदै तटस्थ भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
    “निर्वाचन लोकतन्त्रको पर्व हो, यसलाई स्वच्छ र मर्यादित बनाउन सबैको जिम्मेवारी समान छ,” सूचनामा भनिएको छ।
    यदि आचारसंहिता विपरीत कार्य गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने पनि नगरपालिकाले स्पष्ट पारेको छ।
    टोखा नगरपालिकाले निष्पक्ष, पारदर्शी र मर्यादित निर्वाचन वातावरण निर्माणमा सबैको साथ र सहयोग अपेक्षा गरेको जनाएको छ।

    सूचना :-

    Facebook Comments

    सम्बन्धित खवर

    मतको मूल्य र राष्ट्रको भविष्य

    छुटाउनुभयो कि? सबै