• TOKHA LIVE

    • ३० माघ २०८२, बिहीबार २१:५९

    ‘को–को संलग्न थिए पर्दा पछाडि, सत्य बाहिर ल्याउनुपर्छ ।’ : डा. राजन भट्टराई

    काठमाडौँ माघ २९/  नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ गते काठमाडौँमा भएका घटनाबारे निष्पक्ष छानबिन गरी पर्दा पछाडीका behind seen अनुहार सत्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
    उनले ती घटनामा “पर्दा पछाडि को–को संलग्न थिए, सत्य बाहिर आउनुपर्छ” भन्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट धारणा राखे।
    बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले युवा पुस्ताले उठाएका जायज मागप्रति एमालेको कुनै विमति नरहेको बताए। “भदौ २३ गते बिहान शान्तिपूर्ण रूपमा सुरु भएको भेला र युवाहरूले राखेका माग सम्मानयोग्य थिए, हामीले त्यसलाई स्यालुट गर्नुपर्छ,” उनले भने।
    तर निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ आक्रमण र आगजनी भएको घटनापछि परिस्थिति गम्भीर बनेको उनको भनाइ थियो। “त्यस बिन्दुबाट घटनाको गहिरो छानबिन हुनुपर्छ,” उनले जोड दिए।
    छानबिन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले भने, “यदि त्यसमा एमालेका कुनै पनि तहका नेता दोषी भेटिए भने हामी जिम्मेवारी लिन तयार छौँ।”
    भट्टराईले शान्तिपूर्ण आन्दोलनका नाममा अवोध बालबालिकालाई अगाडि सारिएकोप्रति चिन्ता व्यक्त गरे। “बालबालिकालाई आन्दोलन हुन्छ भनेर लगियो र पछि ढालका रूपमा प्रयोग गरियो भन्ने कुरा अत्यन्त दुःखद छ,” उनले भने।
    उनका अनुसार २३ गतेको घटना योजनाबद्ध रूपमा गराई २४ गते थप विध्वंस मच्चाउने रणनीति हुन सक्ने आशंका छ। उनले उक्त घटनालाई सुगौली सन्धिपछिकै डरलाग्दो र ठूलो नोक्सानीको घटनामध्ये एक हुन सक्ने बताएका छन्। घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन सके मात्रै पीडितलाई न्याय मिल्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण बन्ने उनले विश्वास व्यक्त गरे।

    Facebook Comments

    सम्बन्धित खवर

    मतको मूल्य र राष्ट्रको भविष्य

    छुटाउनुभयो कि? सबै