• TOKHA LIVE

    • २८ माघ २०८२, मंगलवार ०९:५८

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    काठमाडौँ, २७ माघः बजारमा खानेतेल र खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तीव्र पारेको छ।
    विभागले उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म–प्रतिष्ठानमा अन्य सम्बन्धित निकायको सहकार्यमा संयुक्त अनुगमन गरिरहेको जनाएको छ। कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने कार्यमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
    पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यास सहज रूपमा नपाएको गुनासो बढेपछि विभाग सक्रिय भएको हो। नेपाल आयल निगमले ग्यास आपूर्ति सहज रहेको दाबी गरे पनि उपभोक्ताले अभाव झेल्नुपरेको बताएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै