नविना श्रेष्ठ
टोखा काठमाडौं माघ २१ । काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल मंगलवार टोखा २ मा मतदाता भेटघाट कार्यक्रममा सहभागी भएका छन्। टाेखा वडा २ कार्यसमितिको आयोजना रहेको सो कार्यक्रममा स्थानीय मतदातासँग चियापान गर्दै प्रत्यक्ष संवाद भएको थियो।
कार्यक्रममा सहभागीहरूले महामन्त्री पौडेललाई नयाँ सोच, नयाँ योजना र युवापुस्ताको भावनालाई बुझ्ने क्षमताका लागि समर्थन जनाएका थिए। मतदाताहरूले आफ्नो विश्वास व्यक्त गर्दै भने, “महामन्त्री पौडेल हाम्रो साथी, मार्गदर्शक र नेतृत्वको प्रतीक हुनुहुन्छ। उहाँलाई हाम्रो साथ र सहयोगले आगामी निर्वाचनमा अत्याधिक मतका साथ विजय दिलाउनेछ।”
उक्त भेटघाट कार्यक्रमले स्थानीय स्तरमा राजनीतिक संवादलाई सजीव बनाएको र मतदातासँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।

