टोखा, काठमाडौं २१ / टोखा नगरपालिका वडा नं. ३ मा महिलाहरुको स्वास्थ्य सचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको छ।महिलाहरुलाई लक्ष्यित गरि नेवा: मिसा दबुद्वारा विगतका वर्षहरूजस्तै यस वर्ष पनि पाठेघर र स्तन क्यान्सरबारे जानकारी र सचेतना दिने अभिमुखीकरण कार्यक्रम आउदो शुक्रबार २०८२।१०।२३ गते वडा कार्यालयमा आयोजना हुने भएको छ।
वडा अध्यक्ष रमेश डगोलले जानकारी दिँदै भनेका छन्, “प्रत्येक संस्था तथा महिला समूहबाट ३-३ जना इच्छुक महिलाहरुको सहभागिता सुनिश्चित गर्न सबै वडाबासीलाई अनुरोध गर्दछौँ। यो कार्यक्रम हाम्रो महिलाहरुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण कदम हुनेछ।” महिलाहरुले स्वास्थ्यबारे जानकारी लिने र आफ्नो सुरक्षामा सजग बन्ने यो अवसर नगुमाउन आग्रह गरिएको छ।


