टोखा, काठमाडौं १९ माघ ।
टोखा नगरपालिका २ ले टोखा बाइपास सडकको सिमांकन कार्य अघि बढाउने तयारी गरेको छ। सो कार्य प्रभावकारी र सहज बनाउन सम्बन्धित क्षेत्रका स्थानीय जग्गाधनीहरूलाई उपस्थित हुन टाेखा नगरपालिका वडा २ ले अनुरोध गरेको छ।
टाेखा वडा २ का अनुसार माघ २० गते मंगलबार बिहान ८ बजे टोखा बाइपास सडक क्षेत्रमा नापजाँच गरी सडक सिमांकनको काम गरिनेछ। सिमांकनका क्रममा दायाँ बायाँ रहेका जग्गाधनीहरूको सक्रिय सहभागिता आवश्यक भएकाले उपस्थित भई सहकार्य गर्न आग्रह गरिएको हो।
स्थानीयको उपस्थितिले सिमांकन प्रक्रिया पारदर्शी, सहमतिपूर्ण र विवादरहित हुने विश्वास नगरपालिका वडा २ ले व्यक्त गरेको छ। विकासका काममा सबैको अपनत्व र सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै वडा २ ले भोलि माघ २० गते, मंगलबार बिहान ८ बजे टोखा बाइपास सडक चण्डेश्वरी मावि परिसरमा समयमै उपस्थित भइ सहयोग गर्न वडा२ का कार्यवाहक अध्यक्ष अमर डंगोलले अनुरोध गर्नुभएको छ।वडाले यो कार्यले दीर्घकालीन रूपमा सडक व्यवस्थापन र नगर विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा समेत गरेको छ।
सूचना ।


