• TOKHA LIVE

      TOKHA LIVE

    • २० माघ २०८२, सोमबार १७:०४

    विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा

    काठमाडौँ, १९ माघ /नेपालमा पहिलोपटक ‘विश्वमेध महायज्ञ’ आयोजना हुने भएको छ। मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पवित्र उद्देश्यसहित माघ २३ गतेदेखि फागुन ४ गतेसम्म पाशुपत क्षेत्रमा ११ दिने महायज्ञ सञ्चालन गरिने श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ।
    परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्सङ्कल्पमा आयोजना हुन लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ आयोजक समितिका सदस्य गोपाल कोइरालाले जानकारी दिनुभयो।
    पशुपति क्षेत्रअन्तर्गत वनकाली क्षेत्रमा आयोजना हुने महायज्ञका लागि आवश्यक संरचना, धार्मिक विधि तथा व्यवस्थापनका कामहरू लगभग सम्पन्न भइसकेका छन्। मुलुकमा सकारात्मक ऊर्जा फैलाउँदै शान्ति, समृद्धि र जनकल्याणको कामना सहित महायज्ञ आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै