• TOKHA LIVE

    • १७ माघ २०८२, शुक्रबार १९:४६

    टोखाको गणेशस्थान चोकमा ट्राफिक चेकिङ कडा

    नविना श्रेष्ठ
    माघ १६, २०८२
    टोखा नगरपालिका २ स्थित टोखा गणेशथान चोकमा आज बिहान ट्राफिक प्रहरीले सवारी साधन चेकिङ गरेको छ।
    चेकिङका क्रममा हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउने चालकहरू र सामग्री ओसारपसार गर्दा सुरक्षित रूपमा नछोपिएको सवारी साधनलाई रोकी जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले चालकहरूलाई आफ्नै ज्यानको सुरक्षाका लागि अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न अनुरोध गर्दै सम्झाइ–बुझाइ गरेको थियो।
    अनुरोधको बेवास्ता गर्ने केही चालकलाई नियमअनुसार कारबाहीस्वरूप चिट काटिएको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षाका लागि दिनरात नभनी जिम्मेवारीपूर्वक काम गरिरहेको जनाएको छ।
    ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा स्थानीय नागरिकलाई सचेत गराउँदै आज सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै