• TOKHA LIVE

    • ११ माघ २०८२, शनिबार १४:१०

    टाेखा श्री भगवती क्लबको पहिलो जित

    काठमाडौँ, माघ १० /एक्सपर्ट एजुकेसन टोखा नगरपालिका श्री भगवती क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ।
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा श्री भगवतीले नव जनजागृति युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
    एकतर्फी खेलमा श्री भगवतीका लागि शिशिर लेखीले दुई गोल गरे भने अजयी मार्टिन, सुवास बम र सेमन्त थापाले समान एक–एक गोल थपे। खेलको दोस्रो मिनेटमै अजयी मार्टिनको गोलमार्फत श्री भगवतीले अग्रता लिएको थियो।
    ३८औँ मिनेटमा शिशिर लेखीले पेनाल्टीमार्फत गोल गर्दा र ४२औँ मिनेटमा सुवास बमले गोल थपेपछि पहिलो हाफमै श्री भगवतीले ३–० को बलियो अग्रता बनाएको थियो।


    दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दिँदै सेमन्त थापाले ५३औँ मिनेटमा र शिशिर लेखीले ५७औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–० को अग्रतामा पुर्‍याए। नव जनजागृतिका लागि ७७औँ मिनेटमा विक्रम थोकरले सान्त्वना गोल गरे।
    यसअघि श्री भगवतीले चर्च ब्वाइज युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा जावलाखेल युथ क्लबसँग ४–० को हार बेहोरेको थियो।
    उता, नव जनजागृति युवा क्लबको यो पहिलो जित हो। टोली यसअघि चित्लाङ एफसीसँग २–१ र लालीगुराँस एसोसिएसनसँग ४–१ ले पराजित भएको थियो।यो जित पछि श्री भगवतीले ४ अंक बतुल्न सफल भएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै