• TOKHA LIVE

    • १० माघ २०८२, शुक्रबार ११:४५

    टोखामा स्वास्थ्यसँगै कुटुम्ब ब्याण्ड : संस्कृति र सेवाको सुन्दर संगम

    टाेखा काठमाडौं ९ माघ/
    टोखा नगरपालिका २ मा स्वास्थ्य सचेतना र सांस्कृतिक रसास्वादनलाई एकै थलोमा जोड्ने उद्देश्यले टोखा नगरपालिका २ कार्यालय रनेशनल बाथरोग सेन्टरको संयुक्त सहकार्यमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। ‘स्वास्थ्य र संगीत’ नाम दिइएको यस कार्यक्रममा निःशुल्क स्वास्थ्य सेवा र लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्याण्डको विशेष प्रस्तुति एकसाथ रहनेछ।
    कार्यक्रमअन्तर्गत बिहानदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा बाथरोगसम्बन्धी परीक्षणका साथै रगत, युरिक एसिड, ESR, CPR र सुगर परीक्षण निःशुल्क रूपमा गरिने आयोजकले जानकारी दिएका छन्। यसले स्थानीयवासीलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

    त्यसैगरी, साँझ ४ बजेदेखि सांगीतिक प्रस्तुति सुरु हुनेछ। नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाएको कुटुम्ब ब्याण्डको विशेष प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारहरूको समेत सहभागिता रहनेछ, जसले कार्यक्रमलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ।
    कार्यक्रममा विभिन्न स्थानीय खानाका परिकारका स्टल, महिला उद्यमीहरूका स्टल तथा थप सांगीतिक प्रस्तुतिहरू समेत रहनेछन्।

    यसले स्थानीय उत्पादन, उद्यमशीलता र संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
    कार्यक्रम २०८२ माघ १० गते शनिबार, टोखा वडा नं. २ स्थित थने लाखी परिसरमा आयोजना हुनेछ।
    स्वास्थ्य, संगीत र समुदायलाई एउटै थलोमा जोड्ने यस कार्यक्रमले टोकावासीका लागि एक सम्झनलायक र अर्थपूर्ण दिन बनाउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै