• TOKHA LIVE

    • ९ माघ २०८२, बिहीबार १६:४४

    श्री इन्द्रायणी दापा खल टाेखाको सांस्कृतिक पहिचान बोकेको आशालाल स्मृति भवनको शिलान्यास सम्पन्न

     

    टाेखा काठमाडौं ८ माघ / टाेखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको श्री इन्द्रायणी दापा खलका संस्थापकमध्ये एक स्वर्गीय आशालाल डंगोलको स्मृतिमा निर्माण हुन लागेको आशालाल स्मृति भवनको शिलान्यास सम्पन्न भएको छ।
    आजभन्दा करिब दुई सय वर्षअघि टाेखाका संस्कृतिकर्मी खिंबुजः हेरामान डंगोलका छोरा आशामरु डंगोल तथा बुहारी हेरमाया डंगोलका छोराहरू आशालाल डंगोल, चन्द्रमान डंगोल र कान्छा महर्जन परिवारले कला, संस्कृति तथा दापा भजनको संरक्षण र जगेर्नाका लागि श्री इन्द्रायणी दापा खल स्थापना गरेका थिए। सोही परिवारले पुस्तौँदेखि खलको संरक्षण र निरन्तरता दिँदै आएको छ।


    स्व. आशालाल डंगोलको योगदानलाई स्मरण गर्दै भावी पुस्तासम्म संस्कृति संरक्षणको चेतना विस्तार गर्ने उद्देश्यले टाेखा नगरपालिका–३ स्थित झुडोमा बुधबार आशालाल स्मृति भवनको शिलान्यास गरिएको हो। भवनको शिलान्यास हालका जलगाञ गुरु तथा स्व. आशालाल डंगोलकै एकै पुस्ताका गुरु चन्द्रमान डंगोलले गर्नुभयो।
    श्री इन्द्रायणी दापा खलकै स्वामित्व रहने सो भवनको सम्पुर्ण खर्च संस्कृति कर्मी भाजुमान डंगोलका छोरा भिन्देव डंगोल र नाति खलका पुर्व अध्यक्ष मनिराज डंगोलले भवनको लागत सम्पुर्ण खर्च प्रदान गर्ने जनाएको छ।

    शिलान्यास कार्यक्रममा अतिथीहरु टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवाः गुथी टाेखाका अध्यक्ष रमेश नापित,नेवाः गुथी टाेखाका महासचिव रामलाल डंगोल , टाेखा वडा नम्बर ३ का जनप्रतिनिधि हरिकृष्ण श्रेष्ठ लगायत खलका गुरुवर्ग, पूर्व अध्यक्षहरू, पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
    कार्यक्रममा सहभागीहरूले दापा भजनजस्ता मौलिक सांस्कृतिक परम्पराको संरक्षणका लागि स्मृति भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै, यसले टाेखाको सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने धारणा राखेका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै