टाेखा काठमाडौं माघ ८ / शिक्षाको पहिलो अक्षर लेखिने पवित्र क्षण ‘अक्षरारम्भ’ लाई स्मरणीय बनाउँदै ओएसिस पब्लिक एकेडेमीले सरस्वती पूजाको शुभ अवसरमा निःशुल्क भर्ना कार्यक्रम घोषणा गरेको छ।
विद्यालयले अभिभावक तथा अभिभाविकालाई सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा सहभागी भई आफ्ना नानीहरूलाई उज्यालो शैक्षिक यात्रातर्फ डोर्याउन हार्दिक निमन्त्रणा गरेको छ।
यो विशेष कार्यक्रम मिति २०८२ माघ ९ गते, शुक्रबार आयोजना हुने जनाइएको छ।

टाेखा वडा २ लबँु काठमाडौंमा अवस्थित ओएसिस पब्लिक एकेडेमीले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र माया–ममता भरिएको सिकाइलाई आफ्नो पहिचान बनाउँदै आएको छ।ओएसिस पब्लिक एकेडेमीमा अनुभवी तथा प्रशिक्षित शिक्षक, सुलभ शुल्क संरचना, र अभिभावक शिक्षकबीच नियमित संवादको व्यवस्था रहेको विद्यालयका पृन्सिपल बिस्वराज श्रेष्ठले बताउनुभएको छ।
विद्यालयमा पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, अबेकसमार्फत व्यवहारिक सिकाइ, खेलकुद र संगीत कक्षा, फुटसल मैदान, तथा सुरक्षित खेलमैदान जस्ता सुविधा उपलब्ध छन्। साथै, योग्य विद्यार्थीका लागि विशेष छात्रवृत्तिको अवसर समेत प्रदान गरिनेछ।
शान्त, सुरक्षित र घरझैं अपनत्वपूर्ण वातावरणमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध ओएसिस पब्लिक एकेडेमीले यस अवसरलाई सदुपयोग गर्न सबै अभिभावकलाई आग्रह गरेको छ।
थप जानकारीका लागि:
टोखा–२, काठमाडौं
☎️ ०१–४९५०२६०, ९८५१२४८४२१, ९८५१११७२८१
✉️ oasispublicacademy2068@gmail.com


