• TOKHA LIVE

      TOKHA LIVE

    • ६ माघ २०८२, सोमबार ११:०५

    नागरिककर्मी कृष्ण किसी सम्मानित

    भक्तपुर, ४ माघ २०८२
    नागरिक दैनिकका पत्रकार कृष्ण किसी सम्मानित भएका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो।
    कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पत्रकार किसीलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो।
    उक्त अवसरमा अन्य चार जना पत्रकारहरूलाई पनि सम्मान गरिएको छ। सम्मानित हुने पत्रकारहरूमा प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण बास्तोला रहेका छन्।
    त्यसैगरी कार्यक्रममा पुराना सिक्का संकलनमा योगदान पुर्‍याउँदै आएका एकै परिवारका दाजु बहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ललाई पनि विशेष सम्मान गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै