काठमाडौँ, २ माघ/ स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागिरहेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु दुई लाख ७७ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ६४५ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो। बुधबार सुन रु दुई लाख ७८ हजार र चाँदी रु पाँच हजार ६५५ मा कारोबार भएको महासङ्घले जनाएको छ। मङ्गलबार सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र चाँदी रु पाँच हजार ३४० मा कारोबार भएको थियो।
गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन सोमबार रु चार हजार १०० ले बढेर रु दुई लाख ७४ हजार ७०० कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ६१५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

