TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार
  • टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै २०८३ कार्तिक १९, बिहीवार
  • डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता २०८३ कार्तिक १८, बुधवार
  • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम २०८३ कार्तिक १८, बुधवार

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ पुष ३०, बुधवार
सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

पाटन (ललितपुर), ३० पुसः सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को उपत्यका प्रदेश समितिले ‘समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार’ नाराका साथ आज ‘फोनिज संवाद’ आयोजना गरेको थियो । सो संवादमा बागमती प्रदेश सरकारले कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइरहेको नेपाल भाषा र तामाङ भाषाको कार्यान्वयन, समस्या र चुनौतीका सन्दर्भमा छलफल गरिएको थियो । छलफलमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले मातृभाषा संरक्षण र प्रवद्र्धनका लागि विनियोजित बजेट अपुग भएकाले थप व्यवस्था गर्नुपर्ने बताउनुभयो । “नीति तथा कार्यक्रम बनाएर बजेट छुट्याइएको हुन्छ, सरोकारवालाले कुराभन्दा पनि काममा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले आदिवासी जनजातिका पक्षमा आएका माग सम्बोधनका लागि सरकारलाई सिफारिस गरेर पठाइएको जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईले संविधानमा भएको व्यवस्थाअनुसार सङ्घीय कार्यान्वयनको एउटा महत्त्वपूर्ण पाटो मातृभाषाको संरक्षण र सरकारी कामकाजको उपयोगमा ल्याउने व्यवस्था कार्यान्वयन गर्नु भएको उल्लेख गर्नुभयो । उहाँले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण र व्यावहारिक कार्यान्वयनका लागि राज्य र सरकार दुवैले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका उपसचिव पवनकुमार पोखरेलले अस्थिर सरकार हुँदा ऐन, नियम बनाउने र बजेट तथा नीति कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो । उहाँले भाषागत प्रशिक्षण, साहित्यको विकासका लागि बजेट छुट्याइएको भए पनि सरोकारवालाहरुले बजेट मागका लागि नआउँदा खर्च हुन नसकेको बताउनुभयो । भाषा आयोगका कायममुकायम सचिव डाक्टर लोकबहादुर लोप्चनले बागमती प्रदेशले नेवारी र तामाङ भाषाका भाषा प्रशिक्षक राखेर प्रशिक्षण र अनुवादक राखेर सरकारी कामका लागि सहजीकरण गरेको जानकारी दिनुभयो । फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरीले भाषिक लवज र मातृभाषालाई जोगाएर राख्नका लागि सो भाषा बोल्ने मानिसको सङ्ख्या वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । फोनिजको उपत्यका प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीले सरकारले कमजोर वर्ग र राज्यको नीतिगत तहमा पहुँच नपुगेकाहरुको पहुँच अभिवृद्धि गर्दै राज्यको मूल प्रवाहमा ल्याउन उचित नीतिगत व्यवस्थाका साथै बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

२०८३ कार्तिक १९, बिहीवार
डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

२०८३ कार्तिक १८, बुधवार
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

२०८३ कार्तिक १८, बुधवार
यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

यस्तो देखियो सोलुखुम्बु हेलिकप्टर दुर्घटनास्थल

२०८३ कार्तिक १७, मंगलवार
  • छुटाउनुभयो कि? सबै
    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ हुँदै

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता

    डब्ल्यूटीएम लन्डन २०२६ सुरु, ३२ नेपाली पर्यटन कम्पनीको सक्रिय सहभागिता


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol