• TOKHA LIVE

    • २५ पुष २०८२, शुक्रबार १९:२१

    मध्यपुर थिमिमा कब तथा ब्राउनी स्काउट तालिम शुभारम्भ

     

    नविना श्रेष्ठ

    मध्यपुर थिमि, पौष २४ /२०८२
    मध्यपुर थिमि नगरपालिकाको लागत साझेदारी तथा नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय मध्यपुर थिमिको आयोजनामा १९१औँ कब स्काउट बिटिसी र १८०औँ ब्राउनी स्काउट पिटिसी तालिम आजबाट श्री बालप्रेमी माध्यमिक विद्यालयमा शुभारम्भ भएको छ।
    तालिमको उद्घाटन नगरप्रमुख तथा स्काउट संरक्षक सुरेन्द्र श्रेष्ठ र उप–नगरप्रमुख तथा प्रमुख स्काउट विजयकृष्ण श्रेष्ठले संयुक्त रूपमा झण्डोत्तोलन गरी गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक स्काउटरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    उद्घाटन समारोहमा बोल्दै अतिथिहरूले असल, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा स्काउट आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, विपद् व्यवस्थापन, सामाजिक सेवा र नेतृत्व विकासमा स्काउटको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
    कार्यक्रम स्थानीय प्रमुख आयुक्त तुल्सीहरि प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै