TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

  • Avatar photo

    TOKHA LIVE

  • २०८२ पुष २१, सोमवार
ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

ललितपुर, २१ पुस । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रभित्र अवस्थित ऐतिहासिक भागदेगः मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा पुनःनिर्माणको काम सुरु भए पनि कछुवाको गतिमा काम अघि बढेकाले अब केही महिनाभित्र सम्पन्न हुने भएको छ । विसं १९९० को विनाशकारी भूकम्पबाट क्षति पुगेको भागदेगः मन्दिरको पुनःनिर्माण समयमै अघि बढ्न नसक्दा यो ऐतिहासिक सम्पदा लामो समयसम्म जीर्ण अवस्थामा रह्यो । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भइसके तर विसं १९९० कै भूकम्पले क्षति पुर्‍याएको भागदेगः मन्दिर भने अझै निर्माणाधीन रहँदै आएको छ । पाटन दरबार सङ्ग्रहालय विकास समितिका सदस्य वीरन्द्रराज श्रेष्ठका अनुसार अबको तीन महिनाभित्र मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न हुनेछ । पुनःनिर्माण ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव रहेको उहाँले बताउनुभयो । “ललितपुर महानगरपालिकाले हरेक वर्ष सीमित बजेट मात्र छुट्याउँछ । त्यही बजेट र केही दातृ निकायको सहयोगमा काम अघि बढाइएको हो । अहिले करिब काम सकिएको छ र केही महिनामै सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो । सुरुमा मन्दिर पुनःनिर्माणका लागि रु चार करोड लागत अनुमान गरिएको थियो । तर विसं २०७२ को भूकम्पपछि मन्दिरको जग हल्लिएको हुन सक्ने आशंकाका कारण जग नै फेर्नुपर्ने अवस्था आयो । यससँगै निर्माणमा ढिलासुस्ती र महँगी बढ्दा कूल लागत बढेर करिब रु नौ करोड पुगेको छ । ललितपुर महानगरपालिका तथा विभिन्न दातृ निकायको सहयोगमा पुनःनिर्माण कार्य भइरहेको छ । इतिहासअनुसार भागदेगः मन्दिर मल्लकालीन समयमा भारदारहरूले निर्माण गरेका हुन् । पाटन दरबार सङ्ग्रहालय विकास समितिका सदस्य वीरन्द्र श्रेष्ठका अनुसार तत्कालीन समयमा भगीराज भैयाले उक्त भागदेगः मन्दिर निर्माण गराएका थिए । ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण यस मन्दिरको पुनःनिर्माण सम्पन्न भएपछि पाटन दरबार क्षेत्रको सौन्दर्य र सम्पदा संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।- रासस

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol