टाेखा काठमाडौं १९ पौष/ टोखाका शैक्षिक धरोहर तथा पहिलो प्रधानाध्यापक, पूर्व प्रधानपञ्च र ज्योतिष शास्त्रका ज्ञाता दैवज्ञ श्री केशव राज जोशीको आज दुःखद निधन भएको छ।
टोखा नगरपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष दीपक राज जोशीका पिता समेत रहनु भएका जोशीको ९५ वर्षको उमेरमा आज राती १२ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा देह त्याग गरेका थिए । जोशीका चार जना छोरा र एक छोरी छिन। जोशीको आजै बिष्णुमति ल्होर खुशी दोभानमा अन्त्यस्थि गर्ने पारिवारिक स्रोतले जनाएको छ।
जीवनभर शिक्षा, समाजसेवा र अध्यात्मको मार्गमा समर्पित रहनुभएका केशवराज जोशीको निधनले टोखा मात्र होइन, सम्पूर्ण समुदायले एक असल अभिभावक र आदरणीय व्यक्तित्व गुमाएको महसुस गरेको छ।

