• TOKHA LIVE

    • १७ पुष २०८२, बिहीबार १५:१२

    मन्त्री खरेलद्वारा ज्यापु सङ्ग्रहालयको अवलोकन

    पाटन (ललितपुर), १७ पुसः
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पाटनस्थित ज्यापु सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बुधबार साँझ मन्त्री खरेलले सङ्ग्रहालय अवलोकन गर्दै ज्यापु समाजका पदाधिकारीहरूसँग आत्मीय छलफल गर्नुभएको हो ।
    अवलोकनका क्रममा मन्त्री खरेलले ज्यापु समुदायको मौलिक कला, संस्कृति र जीवनशैलीप्रति प्रशंसा व्यक्त गर्नुभयो । उहाँले माटोसँग जोडिएको ज्यापु समुदायको पहिचान, श्रम र संस्कृतिले यो सङ्ग्रहालयलाई अझ अर्थपूर्ण बनाएको बताउनुभयो ।
    “आफ्नो मौलिकता र सौन्दर्यले भरिएको यो सङ्ग्रहालय केवल वस्तुहरूको सङ्ग्रह मात्र होइन, हाम्रो आत्मा र इतिहासको कथा हो,” मन्त्री खरेलले भन्नुभयो, “यस्ता सांस्कृतिक धरोहरमार्फत हामीले आपसी सद्भाव, आत्मीयता र हाम्रो पहिचानलाई विश्वसामु चिनाउन सक्छौँ ।”यसअघि ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जनलगायत पदाधिकारीहरूले मन्त्री खरेलको न्यानो स्वागत गर्नुभएको थियो । समाजका प्रतिनिधिहरूले सङ्ग्रहालयले ज्यापु समुदायको पहिचान जोगाउन र नयाँ पुस्तालाई आफ्नो मौलिकतासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै