• TOKHA LIVE

    • १५ पुष २०८२, मंगलवार १६:५९

    नुवाकोटमा विद्युतीय गाडी दुर्घटना, घाइतेको अवस्था सामान्य

    नुवाकोट, पुस १५ /
    टोखा – छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८, जनज्ञान स्कुल नजिकैको काउलीबारी क्षेत्रमा मंगलबार विद्युतीय गाडी दुर्घटना भएको छ।
    काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०५७८ नम्बरको गाडी अनियन्त्रित भई सडकमा दुर्घटना भएको हो। दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका भए पनि मानवीय क्षति भएको छैन। घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको स्थानीय स्रोतले जनाएको छ।
    दुर्घटनापछि गाडी सडकमै अड्किएको कारण उक्त सडकखण्ड केही समयका लागि अवरुद्ध भएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाडी हटाउने प्रयास जारी छ। सडक खुल्न केही समय लाग्न सक्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै