• TOKHA LIVE

    • १५ पुष २०८२, मंगलवार १४:५०

    दुप्चेश्वरमा छैठाैं गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

    नुवाकोट १५ पौष २०८२ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित छैठाैं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आयोजना हुने भएको छ।
    दुप्चेश्वर गाउँपालिकाको आयोजनामा यही पुस १५ गतेदेखि १८ गतेसम्म दुप्चेश्वर गाउँपालिका ५ स्थित कल्याण माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने छ।
    प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
    कार्यक्रममा कर्मचारी, शिक्षक, विद्यार्थी, खेलप्रेमी, बुद्धिजीवी तथा स्थानीय समुदायका सम्पूर्ण महानुभावहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।
    दुप्चेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, नुवाकोटको आयोजनामा तथा कल्याण माध्यमिक विद्यालयको सहजीकरणमा हुने यस प्रतियोगिताले स्थानीय खेलकुद विकासमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै