सानुराज डंगोल
नुवाकोट, पुस १२ ।
शनिबार दुप्चेश्वर गाउँपालिका वडा नं ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न भएकोछ।
शिक्षा, समाजसेवा र सम्पदा संरक्षणमा अतुलनीय योगदान दिनुभएका पूर्व सांसद एवं समाजसेवी गणेश पण्डितको प्रतिमा अनावरण गरिएको छ। दुप्चेश्वर गा.पाका अध्यक्ष तथा क्षेत्र विकास कोष अध्यक्ष शंकर बहादुर थापाको सभापतित्वमा गणेश पण्डित स्मृति पार्क समुद्घाटन तथा सालिक अनावरण प्रमुख अतिथी पुर्व सांसद , पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पण्डितको प्रतिमा अनावरण गर्नुभयो ।

शिखरवेसी, नुवाकोटमा जन्मिनुभएका पण्डितको जन्म वि.सं. २००३ साउनमा नुवाकोटको शिखरबेसीमा जन्मेका नेता पण्डितको हृदयघाटका कारण २०७५ साल फागुन २१ गते निधन भएको थियो ।

स्वर्गीय पण्डित नुवाकोटको बाम आन्दोलनमा अग्रणी नेतृत्वकर्तामा मानिन्छ । वि.सं. २०४८ सालमा सांसदसमेत बनेका नेता पण्डितले मुलुकको शिक्षा, विकास र विभेद उन्मुलनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बाम–लोकतान्त्रिक आन्दोलनका एक निष्ठावान् नेता तथा पूर्व सांसद रहनुभएका उहाँले नुवाकोटको ऐतिहासिक र धार्मिक सम्पदा संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो। विशेषतः दुप्चेश्वर क्षेत्रको सम्पदा संरक्षण उहाँको जीवनको प्रमुख अभियान बन्यो।
प्रकृति र संस्कृतिबीचको अटुट सम्बन्धलाई उजागर गर्ने दुप्चेश्वर प्राकृतिक शिवलिङ्ग र त्यसअगाडि प्रवाहित सूर्यमती (तादी) नदीको प्रवाह अक्षुण्य राख्न उहाँ जीवनपर्यन्त संघर्षरत रहनुभयो। यही कारण आज पनि उहाँलाई दुप्चेश्वरको पहिचानसँग जोडेर स्मरण गरिन्छ।
कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाकि उपाध्यक्ष माकुरी तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गणेश पण्डित स्मृति पार्क समुद्घाटन तथा सालिक अनावरण कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले गणेश पण्डित शिक्षा, समाजसेवा र सम्पदा संरक्षणलाई जीवन दर्शन बनाउने व्यक्तित्व हुनुहुन्थ्यो। दुप्चेश्वर क्षेत्रको पहिचान निर्माणमा उहाँको योगदान निर्णायक रह्यो। उहाँका आदर्शहरू आज पनि स्थानीय विकासको मार्गदर्शन बनेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद जगदीश्वर नरसिंह के.सीले गणेश पण्डित पद र प्रतिष्ठाभन्दा विचार र मूल्यमा अडिग नेता हुनुहुन्थ्यो। समाज रूपान्तरणका लागि उहाँले देखाएको निष्ठा राजनीतिक इतिहासमा उल्लेखनीय छ। उहाँको योगदान पुस्तौँसम्म स्मरण गरिने बताउनुभ्यो।
झ्याउरे छन्दका साहित्यकार तथा पत्रकार रेणुका भट्टराईले गणेश पण्डितका कविता वाचन गर्नुभयो ।
दुप्चेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष राजकुमार श्रेष्ठले नुवाकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई चिनारी दिन गणेश पण्डितले ठूलो योगदान पुर्याउनुभएको बताए।
महिला नेत्री नेकपा सांसद राधिका तामाङले उहाँले विकास र सम्पदा संरक्षणलाई परस्पर विरोधी होइन, पूरक रूपमा अघि बढाउनुभयो। दुप्चेश्वर क्षेत्रको ऐतिहासिक र प्राकृतिक सम्पदा जोगाउने उहाँको प्रयास दूरदर्शी थियो। यसले आज पनि नीति निर्माणमा उहाँले प्रेरणा दिएको बताइन् ।
समाजसेवि बालकृष्ण आचार्यले शिक्षालाई समाज परिवर्तनको आधार मान्ने नेताका रूपमा गणेश पण्डित चिनिनुहुन्थ्यो। समानता र अवसरको विस्तारका लागि उहाँले निरन्तर आवाज उठाउनुभयो। उहाँको सोच आज पनि सान्दर्भिक छ” – भन्नुभयो ।
गणेश पण्डित स्मृती केन्द्रका काेषाध्यक्ष कमला महतले गणेश पण्डित समाजसेवामा निःस्वार्थ रूपमा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो। महिलादेखि पछाडि पारिएका समुदायसम्म उहाँको चासो समान थियो। उहाँको जीवन समाजसेवाको उदाहरण सुर्य झै तेज बनेको बताइन।
गणेश पण्डित स्मृति केन्द्रका उपाध्यक्ष तथा समाजसेवि शशी पण्डितले उहाँले शिक्षा र सामाजिक चेतनाको विकासलाई स्थानीय तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभयो। दुप्चेश्वर क्षेत्रको पहिचान र आत्मसम्मानसँग उहाँको योगदान जोडिएको छ। स्थानीय समुदाय उहाँलाई सम्मानपूर्वक स्मरण गरिरहने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता प्रधुम्न महतले गणेश पण्डित विचारधाराभन्दा माथि उठेर समाजको साझा हितमा काम गर्ने नेता हुनुहुन्थ्यो। उहाँले सहकार्य र समन्वयको राजनीति अभ्यास गर्नुभयो। यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
नेकपा एमाले युवा नेता सुशील कुमार खड्काले गणेश पण्डित उहाँ संगठन निर्माण र विचारको स्थायित्वमा विश्वास गर्ने नेता हुनुहुन्थ्यो। कठिन परिस्थितिमा पनि उहाँले राजनीतिक निष्ठा कायम राख्नुभयो। त्यसैले उहाँ कार्यकर्तामाझ सम्मानित रहनुभयो।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रचिन्द्र विक्रम सिंह ठकुरीले उहाँले नुवाकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई संस्थागत संरक्षणको दिशामा अघि बढाउनुभयो। जिल्लाको पहिचान मजबुत बनाउन उहाँको योगदान महत्वपूर्ण रह्यो। स्थानीय इतिहासमा उहाँको नाम सधैँ जोडिने बताउनुभयो ।
कार्यक्रममा गणेश पण्डितका नाति प्रभाकर पण्डितले कविता बाचन गर्नुभएको थियो ।
बागमती प्रदेश सभाका माननीय रामप्रसाद ढुंगाना ” गणेश पण्डित बाम आन्दोलनका दृढ र निष्ठावान् नेतृत्वकर्ता हुनुहुन्थ्यो। सिद्धान्त र व्यवहारबीच सन्तुलन राख्न सक्ने उहाँको क्षमता अनुकरणीय थियो। पार्टी र समाज दुवै क्षेत्रमा उहाँको प्रभाव देखिन्छ।
गणेश पण्डित स्मृति केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानाध्यापक कुमार पण्डितले गणेश पण्डितको जीवन शिक्षा, समाजसेवा र सम्पदा संरक्षणमा समर्पित रह्यो। उहाँका अधुरा सपना पूरा गर्न स्मृति केन्द्रमार्फत संस्थागत प्रयास भइरहेको छ। भावी पुस्तालाई उहाँको दर्शन हस्तान्तरण गर्ने लक्ष्य रहेकोे बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद , पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले गणेश पण्डित बाम–लोकतान्त्रिक आन्दोलनका इमानदार र संघर्षशील नेता हुनुहुन्थ्यो। सांसदको भूमिकामा रहँदा उहाँले शिक्षा र समावेशी विकासलाई प्राथमिकतामा राख्नुभयो। सामाजिक न्यायप्रतिको उहाँको प्रतिबद्धता सदैव स्मरणीय रहने बताउनुभयो । कार्यक्रममा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै स्थानीयवासी तथा सरोकारवालाले श्रद्धाञ्जली अर्पण गरेका थिए।
उद्घोषक भुपेन्द्र केसीले संचालन गर्नुभएको कार्यक्रममा गणेश पण्डित स्मृति केन्द्रका संरक्षक सावित्री पण्डित लगायत स्थानीयवासी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी, बुद्धिजीवी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको दुप्चेम्वर क्षेत्र विकास कोषको संयोजन तथा व्यवस्थापनमा दुप्चेश्वर गाउँपालिका नुवाकोटले आयोजना गरेको हो।


