• TOKHA LIVE

      TOKHA LIVE

    • १७ श्रावण २०७७, शनिबार २१:३६

    व्याड मिन्टन पुरस्कार वितरण

    टोखा लाइभ । टोखा नगरपालिका वडा नं -२ द्दारा आयोजित खुल्ला मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगितामा दीपेन्द्र डंगोल र अशोक डंगोलको जोडीले उपाधि चुमेको छ । टोखा मैत्रीपूर्ण व्याड मिन्टन पुरस्कार २०७७ का विजेता दुई टोली A र B ग्रुपका खेलाडीहरू पुरस्कृत भएका छन् । टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दीपक राज जोशी र व्याड मिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संयुक्त रूपमा पुरस्कार स्वरूप ट्रफि, मेडल र सम्मानपत्र वितरण गरेको हो ।

    यो वर्षको मैत्रीपूर्ण व्याड मिन्टन पुरस्कार दुवै संयुक्त रूपमा खेलाडीहरूले पाएका हुन् । पुरस्कारको राशी ४ हज़ार र दुई हजार रुपैयाँको छ ।

    पुरस्कार र सम्मान अर्पण गर्दै प्रमुख अतिथि रामजीले खेलले समाज परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए ।खेलाडी पुरस्कृत गरेर टोखा नगरपालिकाले आफ्नो क्षेत्र बढाएको बताए ।पुरस्कारको लागि गजराज ट्रस्टले स्पोन्सर गरेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै