स्थानीयलाई आत्मनिर्भर बनाउने सकारात्मक पहल
टोखा,काठमाडौं पौष ९,२०८२/ टोखा नगरपालिका वडा नं.३ ले स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। वडाले स्थायी रूपमा बसोबास गर्दै आएका इच्छुक नागरिकलाई तालिममा सहभागी हुन आवेदन दिन आग्रह गरेको छ।
वडा कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वडा कार्यालयमा उपस्थित भई आवेदन फाराम भर्न सकिनेछ।तालिममा सहभागी संख्या सीमित भएकाले समयमै आवेदन दिन वडा ३ ले अनुरोध गरेको छ।
वडा नं. ३ मा निम्न तालिमहरु सञ्चालन हुनेछ।
👉️अचार बनाउने तालिम–२०जना
👉️क्रिस्टलका माला बनाउने तालिम(एडभान्स)–२० जना
👉️झोल साबुन बनाउने तालिम–२० जना
👉️सिलाइकटाइ तालिम(एडभान्स)–२० जना
👉️बाद्यबाद्यन तालिम–८०जना
👉️बेकरी तालिम–२०जना
यी तालिमहरूले स्थानीय नागरिकलाई सीप सिकेर आफ्नै ठाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
तालिमका लागि आवश्यक कागजात आवेदन दिँदा निम्न कागजात अनिवार्य रूपमा बुझाउनुपर्नेछः
नागरिकताको फोटोकपी,फोटो २ प्रति र बसोबासको प्रमाणपत्र ल्याउनु पर्नेछ।
टाेखा वडा ३ का अध्यक्ष रमेश डंगोलले यस्ता तालिमहरूले सीप विकाससँगै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै, इच्छुक सबैलाई यस अवसरको भरपूर सदुपयोग गर्न आग्रह गर्नुभएको छ।
सूचना :


