• TOKHA LIVE

    • १ पुष २०८२, मंगलवार १२:१७

    काठमाडौँ महानगरको ३१औँ स्थापना दिवसमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक रञ्जन लाल श्रेष्ठ सम्मानित

    नविना श्रेष्ठ

    काठमाडौँ, पौष १/
    काठमाडौँ महानगरपालिकाले ३१औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा सम्पन्न कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विविध क्षेत्रका योगदानकर्तालाई सम्मान गरिएको हो। काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।

    स्थापना दिवसका अवसरमा समाजसेवा, मानव कल्याण, सामाजिक न्याय तथा विपन्न समुदायको उत्थानमा निरन्तर योगदान पुर्‍याउँदै आएको भन्दै नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक रञ्जन लाल श्रेष्ठ सम्मानित हुनुभएको छ। उहाँलाई काठमाडौँ महानगरपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो। समाजमा सकारात्मक परिवर्तन ल्याउन उहाँले खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।

    यसै अवसरमा महानगरले वडा नं. ८, १२, १९ र २५ का वडा अध्यक्षहरू आशामान संगत, बालकृष्ण महर्जन, राजेश कुमार श्रेष्ठ र राजेश डंगोलसहित कलाकार, चिकित्सक र खेलाडीहरूलाई पनि सामाजिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान गरेको छ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालकाठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह बालेन उपप्रमुख सुनिता डंगोल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
    काठमाडौँ महानगरले स्थापना दिवसलाई सम्मान, प्रेरणा र सेवाभावको उत्सवका रूपमा मनाउँदै आएको सन्देश कार्यक्रममा स्पष्ट देखिन्थ्यो।

    Facebook Comments

    सम्बन्धित खवर

    मतको मूल्य र राष्ट्रको भविष्य

    छुटाउनुभयो कि? सबै