काठमाडौँ, २३ मङ्सिर / नेपाल प्रिमियर लिग (एनपिएल) २०८२ मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गर्यो। पराजित विराटनगरले ‘इलिमिनेटर’ खेल्ने अवसर पाउनेछ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो। फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए पनि टोली हार बचाउन सकेन। सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले समान २–२ विकेट लिए।
सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनायो। विनोद भण्डारीले ५२ बलमा ३ चौका र २ छक्कासहित ६३ रन बनाए। आसिफ शेख र शेरडोन ज्याकसनले समान २०–२० रन योगदान दिए। हरमित सिङले १४ र इसान पाण्डेले १३ रन बनाए।
विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान २–२ विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान १–१ विकेट लिए।

