• TOKHA LIVE

    • १७ मंसिर २०८२, मंगलवार १०:५३

    लायन्स क्लबको रोमाञ्चक जित , नागार्जुन एफसी २-१ ले पराजित

     

    काठमाडौँ, मंसिर १६ /सातदोबटोस्थित एन्फा कम्प्लेक्स सोमबार दिउँसो  फुटबलप्रेमीहरूको उत्साहले गुञ्जायमान थियो। सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट २०२५ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा लायन्स क्लब इन्टरनेशनल MD 325 ले नागार्जुन एफसीलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक आफ्नो नाममा पार्‍यो।

    खेलको सुरुदेखिनै दुवै टोली आक्रामक देखिएका थिए। लायन्स क्लबका दिशान देउसाली राईले ३१ औँ मिनेटमा दिएको आकर्षक प्रहारले टोलीलाई अग्रता दिलायो। खेलभरि नै दुवै पक्षबाट जुझारू प्रदर्शन भए पनि दोस्रो हाफमा नागार्जुन एफसी अघि बढ्दै बराबरी गोल फर्काउन सफल भयो।
    तर, अन्तिम क्षणमा लायन्स क्लबले फेरि आफ्नो लय भेट्टायो। ८९ औँ मिनेटमा आएको निर्णायक गोलले खेलको नतिजा लायन्स क्लबतर्फ मोडिदियो।

    नागार्जुन एफसीले बराबरीका लागि अन्तिमसम्म प्रयास जारी राखे पनि समयले साथ दिएन। यससँगै लायन्स क्लब इन्टरनेशनलले २–१ को जित आफ्नो पक्षमा पक्का गर्‍यो।

     

    खेल पछि लायन्स क्लब इन्टरनेशनल MD 325का तिम मेनेजर सानुबाबु श्रेष्ठले खेलाडीहरुको प्रशंसा गर्दै भाइहरुले मेहनत गरे अनुरुपको यो जितको प्रतिफल पाएको बताउदै अर्को खेल अझै महत्त्वपूर्ण हुने धारणा राख्दै तयारीमा लागेको बताउनुभयो । प्रशिक्षक सन्दिप शिखाकार खेलाडीहरुको जित मा संतुष्ट देखिए।

    एन्फा कम्प्लेक्समा उपस्थित समर्थकको उत्साहले खेललाई अझै जीवन्त बनायो भने लायन्स क्लबका विभिन्न प्रशंसकहरूको उल्लेख्य भीडले नेपाली फुटबलप्रतिको जनचासो निरन्तर बढिरहेको प्रमाणित गर्‍यो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै